आईपीएल २०२४ को लिलामीका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक (सूचीसहित)
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामी प्रक्रियाका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक गरिएको छ । आईपीएल २०२४ लागि डिसेम्बर १९ मा दुबईमा खेलाडीहरुको लिलामी हुँदैछ ।
प्रारम्भिक १ हजार १६६ जना खेलाडीको सूचीबाट ३ सय ३३ जना खेलाडीलाई सर्टलिस्टमा राखिएको हो । यो सूचीमा २१४ जना खेलाडी भारतबाट रहेका छन् भने ११९ जना विदेशी खेलाडी छन् । यसमा २३ जना खेलाडी सबैभन्दा बढी २ करोड भारुको प्रारम्भिक मूल्यमा सूचीकृत रहेका छन् ।
एसोसिएट राष्ट्रबाट नेदरल्याण्ड्सका तीव्र गतिका बलर पाउल भान मेकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे मात्र रहेका छन् । आईपीएलका टोलीहरूसँग ७७ जना खेलाडी किन्ने ठाउँ बाँकी छ जसमध्ये विदेशी खेलाडीका लागि मात्र ३० स्थान खाली रहेको छ ।
आईपीएलका टोलीहरूमध्ये गुजरात टाइटन्ससँग खेलाडी खरिद गर्नका लागि सबैभन्दा बढी ३८.१५ करोड भारतीय रुपैयाँ रहेको छ भने दोस्रो स्थानमा सनराइजर्स हैदराबादसँग ३४ करोड तथा कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण