सन्नी देओल हराएको सूचना, फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार
पठानकोट । दमदार अभिनयका कारण भारतमा बलिउड अभिनेता सन्नी देओलका करोडौँ फ्यानहरू छन् । तर पञ्जाबमा भने मानिसहरू उनीसँग रुष्ट छन् । त्यहाँ एकपटक फेरि उनी ‘हराएको सूचना’ प्रकाशित गरिएको छ । यति मात्र होइन उनलाई खोजेर ल्याउनेलाई ५० हजार भारतीय रुपैयाँको पुरस्कारसमेत घोषणा गरिएको छ ।
यसरी सन्नी हराएको पोस्टर लगाइएको पहिलोपटक भने होइन । सन्नी गुरदासपुर–पठानकोट लोकसभा सिटबाट निर्वाचित भाजपा सांसद हुन् । तर सांसद बनेदेखि जिल्लामा नदेखिएको र विकासको काम पनि नगरेको स्थानीयको आरोप छ ।
पठानकोट जिल्लाको हलका भोआका मानिसहरूले सरना बसपार्कमा सन्नी हराएको पोस्टर लगाउँदै आक्रोश व्यक्त गरेका छन् । यसअघि हल्का पठानकोट र सुजनापुरमा पनि सन्नी हराएको पोस्टर लगाइएको थियो । यसपछि पनि भाजपा सांसद आफ्नो लोकसभा क्षेत्रमा पुगेनन् ।
स्थानीयहरूले सन् २०२४ को लोकसभा चुनावमा यस्ता मानिसलाई पुनः टिकट नदिन आग्रह गरेका छन् । उनीहरूले सन्नीले आफूहरूलाई बेवकुफ बनाएर जीत हासिल गरेको आरोपसमेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण