बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा

बुधबार, २७ मङ्सिर २०८०, १७ : ०३
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि उक्त रकम जम्मा गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेस्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप