ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की
ओस्लो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताएका छन् । उनले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताएका हुन् ।
“मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्”, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भने, “मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।” ओस्लोमा उनले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गरे ।
इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनुहुनेछ र युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल गर्नेछन् । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्नेछन् ।
ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिएका छन् । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ ।
जेलेन्स्कीको युद्धकालीन प्रशासनले भ्रष्टाचारसँग लड्नका लागि पर्याप्त काम नगरेको तर्क दिँदै हङ्गेरीले इयुको सदस्यताका लागि किएभको कदममाथि सैद्धान्तिक आपत्ति रहेकामा जोड दिएको छ । ओर्बानले बुधबार युक्रेनसँग इयुको सदस्यता वार्ता सुरु गर्ने विषयमा उसको विरोध दोहोर्याँदै यसलाई ‘भयानक गल्ती’ भनेका छन् ।
जेलेन्स्कीले यसबीचमा उनले ओर्बानसँग ‘अत्यन्त रचनात्मक बैठक’ हुने आशा गर्दै भने, “किनकी हामीसँग साझा सीमाहरू छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण