बालकृष्ण खाणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि पेसी तोकिएको हो ।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिएका थिए ।
न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए । राझ बाझिएपछि सोही इजलासले खाणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण