शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायिक सुशासन कायम गर्न काठमाडौँ महानगरपालिकाले खुट्किलो पार गरेको छ : उपप्रमुख डंगोल

शुक्रबार, २९ मङ्सिर २०८०, १० : ४९
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । न्यायिक सुशासन कामय गर्न काठमाडौँ महानगरपालिकाले खुड्किलो पार गरेको दाबी गरेको छ । २९ औं महानगर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोलले न्यायीक सुशासनमा खुट्किलो पार गरेको दाबी गरेकी हुन् ।

महानगरपालिकाले निःशुल्क कानुनी सेवा तथा मेलमिलाप सेवा दिएको र सेवाबाट महानगरवासी खुशी भएको उनले जिकिर गरिन् । यस्तै उनले अनधिकृत संरचना हटाउने, स्वरोजगारीका लागि श्रम बैंक स्थापना भएको, डिजिटल नक्सा पास लगायत विषयमा उपलब्धी भएको बताइन् ।


विगतको लोकप्रीय कार्यक्रमलाई निरन्तरता दिएको, सहरी सुशासनमा प्राथमिकता दिएको उनले बताइन् । यस्तै पारदर्शी शासन प्रशासनबाट निर्देशीत भएको भन्दै उनले चालु आबको नीति तथा कार्यत्रम र बजेट त्यही अनुसार आएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप