बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कतै गलत सबन्धमा फस्नु भएको पो छ कि ?

आइतबार, ०१ पुस २०८०, ११ : १८
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । हरेक सम्बन्धका केही बलिया पक्ष हुन्छन् भने केही कमी कमजोरीहरू पनि हुन्छन् । यस्तोमा एक अर्कासँग सम्बन्धमा रहेका दुई व्यक्तिबिच माया मात्रै हुँदैन मनमुटाब अनि झैझगडा पनि हुन्छ । तर धेरै जसो अवस्थामा मान्छेहरू आफू जुन सम्बन्धमा रहेको छु त्यो सम्बन्ध गलत छ वा सही भन्ने नै थाहा पाउँदैनन् । जसले गर्दा मानिसहरूलाई विषाक्त सम्बन्धबाट निस्कनै सकस हुन्छ । आजको यस लेखमा हामीहरू गलत सम्बन्धका केही संकेतबारे कुराकानी गर्नेछौँ ।

झिना मसिना कुरामा झै झगडा भइरहने

गलत सम्बन्धमा हुनुको पहिलो संकेत सानातिना कुरामा समेत एक अर्कासँग झै झगडा वा मनमुटाव भइरहनु हो । तपाईँको पार्टनरले हरेक झिना मसिना कुरामा तपाईँसँग बहस गरिरहन्छ वा तपाईँले त्यस्तो गरिरहनु भएको छ भने तपाईँको सम्बन्ध तपाई सोचेजस्तो पर्फेक्ट नहुन पनि सक्छ । हरेक सम्बन्धलाई एक आपसमा खुलेर कुराकानी गरेर स्वस्थ बनाउन सकिन्छ ।

इमोशनल ब्ल्याक मेल

आफ्नो लागि कुनै नयाँ निर्णय गर्दा पार्टनरले तपाईँलाई इमोशनल ब्ल्याक मेल गर्छ । वा तपाई आफ्नो लागि कुनै पनि निर्णय लिन सक्नु हुन्न भने तपाई गलत सम्बन्धमा फसिरहनु भएको हुन सक्छ । स्वस्थ सम्बन्धमा अर्को व्यक्तिले तपाईँको हरेक निर्णयको इज्जत गर्छ । तपाईँले पनि त्यो व्यक्तिको हरेक निर्णयको सम्मान गर्नु हुन्छ  । जसले गर्दा सम्बन्ध राम्रो हुनुको साथै व्यक्तिगत जीवनमा दुवैको ग्रोथ हुन्छ ।

अर्को व्यक्तिलाई आफूले भनेजस्तो बनाउने चाहना

के तपाईँको पार्टनरले तपाईँको व्यक्तित्वमा परिवर्तन गराउन चाहन्छ ? तपाई जे होइन त्यस्तै बन भन्छ वा बनोस् भन्ने चाहन्छ ? केही व्यक्तिलाई चाहिँ सम्बन्धमा यस्तो कुरा सामान्य जस्तो लाग्छ । अनि पार्टनरलाई खुसी बनाउन अनि घरपरिवारमा अशान्ति नहोस् भनेर अरूको खुसीका लागि पार्टनरले भने जस्तै भइदिन्छन्, त्यस्तै व्यवहार गरिदिन्छन् । स्वस्थ सम्बन्धमा कसैले पनि पार्टनरको पहिचान बदल्ने कोसिस गर्दैन । मान्छे जस्तो छ त्यस्तै नै स्वीकार गर्छन् ।

इमोशनल असन्तुलन

तपाईँले सम्बन्ध असन्तुलित भएको वा डर महसुस गरिरहनु भएको छ । यो पनि तपाई गलत सम्बन्धमा रहेको संकेत हो । तपाईँलाई एक्लै हुने हो कि वा पार्टनरले छोडेर जाने हो कि भन्ने डर लागिरहन्छ ? भने यस्तो सम्बन्धबाट पछि हट्नु नै बेस हुन्छ । स्वास्थ्य सम्बन्धमा मानिसहरू खुसी हुन्छन् । एक अर्काका लागि खुसीको कारण बन्छन् । उनीहरूको मनमा एक अर्काबाट टाढिने पो हो कि भनेर कुनै डर वा चिन्ता हुन्न । स्वस्थ सम्बन्धमा रहने मानिसहरू एक अर्कासँग सन्तुष्ट पनि रहन्छन् ।

स्वास्थ्यमा खराब असर

कुनै सम्बन्धमा रहेर पनि तपाई खुसी हुनु हुन्न वा दिनहुँ तपाईँको स्वास्थ्यमा कुनै न कुनै समस्या आइरहेको छ भने यो पनि तपाई गलत सम्बन्धमा रहेको संकेत हुन सक्छ । स्वस्थ सम्बन्धमा मान्छे भित्रैदेखि खुसी रहन्छ । जसको असर उसको शरीरमा पनि देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप