१६ औँ आवधिक योजनामा खाना र खेतीपाती पर्यावरण समावेश गर्न सुझाव
काठमाडौँ । कृषिसँग सम्बन्धित आवधिक योजनामा समावेश भएका लक्ष्यहरू सफल हुन नसकेकाले १६ औँ आवधिक योजनामा खाना र खेतीपातीमा पर्यावरण समावेश गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
खाद्यका लागि कृषि अभियानले गरेको कार्यक्रममा अभियानका अध्यक्ष उद्धव अधिकारीले १५ औँ योजनामा कृषिसँग सम्बन्धित विषय समावेश गरिए पनि कार्यान्वयन हुन नसकेकाले सो विषयलाई सुधार गरी योजनामा समावेश बताए ।
उनका अनुसार १३ औँ आवधिक योजनामा खाद्यान्न १ करोड ८ लाख ८१ हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य थियो । तर हाल कुल खाद्यान्न उत्पादन १ करोड ७ लाख मेट्रिक टन मात्रै पुगेको छ । यस्तै, १५ औँ आवधिक योजनामा धानको उत्पादकत्व ४ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर, मकै ४ मेट्रिक टन प्रतिहेक्टर र गहुँ ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर पु¥याउने लक्ष्य थियो । तर सो लक्ष्य प्राप्त हुन नसकेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतले कोरोना महामारीका कारणले कृषिका योजनाका लक्ष्य हासिल गर्न नसकेको बताए । उनका अनुसार कतिपय लक्ष्यहरू हाँसिल गरेको पनि दाबी गरे ।
कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले कृषिमा प्राङगारिक कृषि, पर्यटन प्रवर्द्धनको विषयलाई प्राथमिकता दिएको दाबी गरे । उनले आगामी दिनमा शिक्षा प्रणालीमै सुधार गरी गर्नुपर्ने, पारिवारिक खेतीमा दिगोपना कसरी बनाउने भन्ने विषयमा सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण