फिलिपिन्समा झडप : ७ जनाको मृत्यु, ३ घाइते

मनिला । फिलिपिन्सकाे मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन्।
सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीबिच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर इस्टोलासले बताए ।
एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिवि खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण सुरु गरेका थिए ।
झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो । अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरूविरुद्ध खोजी कार्य जारी रहेको एस्टोलासले बताए । एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् ।
सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन्।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी