सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एउटै व्यक्ति बारम्बार उच्च पदमा रहने व्यवस्था परिवर्तन हुनुपर्छ : महामन्त्री शर्मा

आइतबार, ०१ पुस २०८०, २२ : ३५
आइतबार, ०१ पुस २०८०

म्याग्दी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा नागरिकका अधिकार सुरक्षित हुने भएकाले यसको विकल्प लोकतन्त्र नै हुने बताएका छन् ।नेपाली कांग्रेस म्याग्दीको आज बेनीमा आयोजित प्रथम सम्मेलनमा महामन्त्री शर्माले विगतको तुलनामा लोकतान्त्रिक व्यवस्थामा नागरिकले धेरै अधिकार पाएकाले विकल्प सोच्न नसकिने बताएका हुन्  ।

“नागरिकका असन्तुष्टि र गुनासालाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ । व्यवस्था खराब होइन । नागरिकमा किन वितृष्णा र निराशा बढ्यो भनेर अध्ययन गर्नुपर्छ,” उनले भने, “एकजना व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री एकपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गरेर गणतान्त्रिक व्यवस्थामा सुधार ल्याउन सकिन्छ ।”

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्र नागरिकप्रति जवाफदेही नहुँदा व्यवस्थाको विरोध भएको उनको कथन थियो । 

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्रहरु नागरिकप्रति जवाफदेही, जिम्मेवार नहुँदा व्यवस्थाको बिरोध भएको महामन्त्री शर्माले बताए । नागरिकहरुमा सकारात्मक सन्देश प्रवाह गराउन कांग्रेसका नेता कार्यकर्ताअहिलेको गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्थाको अपनत्व लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।

सङ्घीयतालाई बलीयो बनाउन सरकारले शक्ति र स्रोत विकेन्द्रिकरण गर्ने कानुन बनाउन आवश्यक रहेको महामन्त्री शर्माको भनाइ थियो । नियन्त्रणमुखी र पारिवारले राज्य चलाउने व्यवस्थामा नागरिकले भोगेका दुख, कष्टसँग अहिलेको व्यवस्थालाई तुलना गर्न आग्रह गरे । साथै उनले कांग्रेस मिसन २०८४को अभियानमा नरहेको बताए ।

myagdi congress

‘‘केही पुराना र नयाँ भनिएका राजनितिक दलले मिसन २०८४ अभियान चलाएका छन् । कांग्रेस त्यस्तो तत्कालको लाभको कुरा हेर्दैन । हामी देश र जनताको चिन्ता गरेका छौं ,सबैले गर्नुपर्छ । अहिले जनताले कसरी सुविधा पाउँछन् भनेर सोच्नुपर्छ ,’ उनले भने ।

कांग्रेसका जनप्रतिनिधिहरुलाई जिम्मेवार, जवाफदेही र पार्टीसँग समन्वय गर्न निर्देशन दिए । ‘‘नेपालको राजनीति र अर्थतन्त्रमा समस्या देखिएको हो । सङ्कट आइसकेको होइन । सङकट र समस्यालाई फरक रुपमा बुझ्नुपर्छ,’’ शर्माले भने ,‘‘समस्यालाई पार लगाउन सकिन्छ । सरकारले गरेका प्रयासले परिणाम स्वरुप आर्थिक सूचकमा सुधार आएको छ । अर्थतन्त्रलाई अप्ठ्रोमा पर्ने गरेर जथाभावी रुपमा ऋण लिएर अनुत्पादन र अनावश्यक क्षेत्रमा लगानी नगर्न सरकारलाई सचेत बनाएका छौं।’

जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले सम्मेलन हुन बाँकी पालिका ,वडामा सम्पन्न गर्ने ,टोल स्तरमा सरकारले गरेका राम्रा कामको बारेमा प्रचारप्रसार ,जनताका गुनासो सुन्ने लगायत समस्या समाधानको पहल गर्ने कार्ययोजना बनाउने बताए ।

उपसभापति हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव भरत रकाल र सहसचिव श्रीराम पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कोषाध्यक्ष अमृतमान शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप