विक्कीको सैम बहादुरको कमाई सय करोड भारु पुग्यो
नयाँ दिल्ली । विक्की कौशल दमदार अभिनयका लागि चर्चित छन् । उरी बाहेक विक्कीसँग लिड रोलमा बक्स अफिसमा तहल्का मच्चाउने फिल्म खासै थिएनन् ।
सन् २०२३ उनका लागि स्मरणीय वर्ष बन्दैछ । वर्षको बिचमा सारा खान र विक्की कौशलको ‘जरा हट्के जरा बचके’ सरप्राइज हिट बनेर आयो । विक्कीको पछिल्लो फिल्म सैम बहादुरले पनि बक्स अफिसमा आफ्नो जादु देखाइरहेको छ ।
मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्मलाई क्रिटिक्सले राम्रो भनेका छन् । विक्की कौशलको अभिनयको पनि खुब तारिफ भइरहेको छ । रणवीर कपूरको एनिमलले बक्स अफिसमा तहल्का पिटिरहेको बेलामा विक्कीको सैम बहादुर हलमा आफ्नो पकड बलियो बनाएर उभिरहेको छ । फिल्मले १७ दिनमा वल्र्डवाइड बक्स अफिसमा सय करोड भारु कमाएको छ ।
सैकनिल्कको रिपोर्टका अनुसार सैम बहादुरले तेस्रो सप्ताहन्तमा राम्रो कमाई गरेको छ । आइतबार फिल्मले ५ करोड २५ लाख भारु कलेक्शन गरेको थियो । शुक्रबार र शनिबारको कमाई जोड्ने हो भने गएको सप्ताहन्तमा फिल्मले १२ करोड भारु कलेक्शन गरेको छ । १७ दिनसम्म फिल्मले भारतमा ७६ करोड भारु भन्दा धेरैको नेट कलेक्शन गरिसकेको छ । फिल्मको बजेट ५० करोड भारु बताइएको छ ।
यो वर्ष विक्कीले लगातार २ ओटा बक्स अफिस हिट दिए । शाहरुख खानकोे आगामी फिल्म डंकीमा विक्कीले विशेष भूमिका निर्वाह गर्दैछन् । आधिकारिक रुपमा उनको भूमिकालाई स्पेशल अपियरेन्स बताइएको छ । तर शाहरुखले भने विक्कीले फिल्ममा आफ्नो करियरकै बेष्ट पफर्मेन्स दिएका बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण