शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विक्कीको सैम बहादुरको कमाई सय करोड भारु पुग्यो

सोमबार, ०२ पुस २०८०, १६ : १८
सोमबार, ०२ पुस २०८०

नयाँ दिल्ली । विक्की कौशल दमदार अभिनयका लागि चर्चित छन् । उरी बाहेक विक्कीसँग लिड रोलमा बक्स अफिसमा तहल्का मच्चाउने फिल्म खासै थिएनन् । 

सन् २०२३ उनका लागि स्मरणीय वर्ष बन्दैछ । वर्षको बिचमा सारा खान र विक्की कौशलको ‘जरा हट्के जरा बचके’ सरप्राइज हिट बनेर आयो । विक्कीको पछिल्लो फिल्म सैम बहादुरले पनि बक्स अफिसमा आफ्नो जादु देखाइरहेको छ ।

मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्मलाई क्रिटिक्सले राम्रो भनेका छन् । विक्की कौशलको अभिनयको पनि खुब तारिफ भइरहेको छ । रणवीर कपूरको एनिमलले बक्स अफिसमा तहल्का पिटिरहेको बेलामा विक्कीको सैम बहादुर हलमा आफ्नो पकड बलियो बनाएर उभिरहेको छ । फिल्मले १७ दिनमा वल्र्डवाइड बक्स अफिसमा सय करोड भारु कमाएको छ ।

सैकनिल्कको रिपोर्टका अनुसार सैम बहादुरले तेस्रो सप्ताहन्तमा राम्रो कमाई गरेको छ । आइतबार फिल्मले ५ करोड २५ लाख भारु कलेक्शन गरेको थियो । शुक्रबार र शनिबारको कमाई जोड्ने हो भने गएको सप्ताहन्तमा फिल्मले १२ करोड भारु कलेक्शन गरेको छ । १७ दिनसम्म फिल्मले भारतमा ७६ करोड भारु भन्दा धेरैको नेट कलेक्शन गरिसकेको छ । फिल्मको बजेट ५० करोड भारु बताइएको छ ।

यो वर्ष विक्कीले लगातार २ ओटा बक्स अफिस हिट दिए । शाहरुख खानकोे आगामी फिल्म डंकीमा विक्कीले विशेष भूमिका निर्वाह गर्दैछन् । आधिकारिक रुपमा उनको भूमिकालाई स्पेशल अपियरेन्स बताइएको छ । तर शाहरुखले भने विक्कीले फिल्ममा आफ्नो करियरकै बेष्ट पफर्मेन्स दिएका बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप