आईपीएल अक्सन : श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले किन्यो

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा प्रभावशाली श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले खरिद गरेको छ । उनलाई हैदराबादले एक करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
विश्व क्रिकेटकै प्रभावशाली स्पिन बलर हुन्, हसरंगा । यी श्रीलंकाली बलर हाल आईसीसी टी–२० वरीयताको तेस्रो नम्बरमा आसिन छन् । यसका अतिरिक्त उनी तल्लोक्रममा आएर राम्रो ब्याटिङ पनि गर्न सक्छन् ।
उनले हालसम्म श्रीलंकाका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । यी अलराउन्डर खेलाडीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ९१ विकेट लिएका छन् भने पाँच सय ३३ रन पनि बनाएका छन् ।
वानिन्दु हसरंगाले यसअघि पनि आईपीएल क्रिकेट खेलिसकेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले उनका लागि १० करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो । तर, घाइते समस्याका कारण उनले अघिल्लो सिजनको आईपीएलमा धेरै खेल खेल्न सकेका थिएनन् ।
आईपीएलमा हालसम्म आफूले खेलेको २६ खेलमा उनले ३५ विकेट लिएका छन् । यसपटक आईपीएलको अक्सनमा उनी सेट–२ मा परेका थिए । उनको न्यूनतम मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले बैंगलोरबाट तीन सिजन खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु