आईपीएल अक्सन : श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले किन्यो
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा प्रभावशाली श्रीलंकाली स्पिनर वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले खरिद गरेको छ । उनलाई हैदराबादले एक करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
विश्व क्रिकेटकै प्रभावशाली स्पिन बलर हुन्, हसरंगा । यी श्रीलंकाली बलर हाल आईसीसी टी–२० वरीयताको तेस्रो नम्बरमा आसिन छन् । यसका अतिरिक्त उनी तल्लोक्रममा आएर राम्रो ब्याटिङ पनि गर्न सक्छन् ।
उनले हालसम्म श्रीलंकाका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । यी अलराउन्डर खेलाडीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ९१ विकेट लिएका छन् भने पाँच सय ३३ रन पनि बनाएका छन् ।
वानिन्दु हसरंगाले यसअघि पनि आईपीएल क्रिकेट खेलिसकेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले उनका लागि १० करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो । तर, घाइते समस्याका कारण उनले अघिल्लो सिजनको आईपीएलमा धेरै खेल खेल्न सकेका थिएनन् ।
आईपीएलमा हालसम्म आफूले खेलेको २६ खेलमा उनले ३५ विकेट लिएका छन् । यसपटक आईपीएलको अक्सनमा उनी सेट–२ मा परेका थिए । उनको न्यूनतम मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले बैंगलोरबाट तीन सिजन खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण