परराष्ट्रले राय नदिएपछि अर्को विकल्पमा जाँदै श्रम मन्त्रालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले राय नदिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फरक ढंगबाट अघि बढ्न खोजेको छ ।
‘वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका २०७५’ लाई संशोधनमा राय सुझाव दिन भन्दै परराष्ट्रमा पेस गरेको ९ महिना बितेको छ । तर, उक्त संशोधनमा राय सुझाव नदिएपछि श्रम मन्त्रालय फरक ढंगबाट अगाडि बढ्न खोजेको हो ।
उक्त निर्देशिकाले स्पष्ट नपारेका विषय श्रम मन्त्रालयले कार्यविधि बनाएर अघि बढ्न खोजेको छ । उक्त कार्यविधि अनुसार माग प्रमाणीकरणको लागि आएको १५ दिनभित्रमा प्रमाणीकरण गरिसक्नुपर्ने भन्ने छ । त्यो समय दूतावासले प्रमाणीकरण गर्न नसकेको खण्डमा के गर्ने भन्ने विषयमा निर्देशिकाले केही बोलेको छैन । उक्त विषय सम्बोधनका लागि श्रम मन्त्रालयले कार्यविधि बनाएर अघि बढ्न खोजेको हो । यसका लागि श्रम मन्त्रालयले छलफल अघि बढाएको छ ।
श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले निर्देशिका संशोधनमा परराष्ट्रबाट आवश्यक राय नआएपछि कार्यविधि बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए ।
निर्देशिकामा १५ दिनभित्रमा माग प्रमाणीकरण गरिसक्नुपर्ने भन्ने स्पष्ट व्यवस्था छ । तर, १५ दिनभित्रमा एम्बेसीले नगरेमा के गर्ने भन्ने केही कुरा उल्लेख छैन ।
‘यसमा मन्त्रालयमा एउटा संयन्त्र बनाएर माग प्रमाणीकरण गर्ने भनेर संशोधन गर्न खोजिएको थियो । तर, त्यसमा राय नदिएपछि कार्यविधि बनाउने विषयमा छलफल चलिरहेको छ । राय दिएन भने कहिले सम्म रोक्ने भन्ने हो । एउटा कार्यविधि बनाएर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ’ उनले भने ।
माग प्रमाणीकरणमा ढिलाइ हुँदा युरोपतिर ५० औँ हजार रोजगारको अवसरहरू रोकिएका छन् । त्यसलाई छिटो छरितो बनाउन भन्दै सरकारले गत चैतमा निर्देशिका संशोधन गर्दै रायका लागि परराष्ट्रमा पठाएको थियो । तर, परराष्ट्रबाट अहिलेसम्म राय आएको छैन ।
जसले गर्दा नेपालका लागि आएको युरोपका मागहरू अन्यत्र जान थालेको उनको भनाई छ । त्यसैले कार्यविधि बनाएर माग प्रमाणीकरण गर्न खोजिएको बताए ।
यो विषयमा गत भदौमा बसेको प्रधानमन्त्रीसहितको बैठकले परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई सात दिनभित्रमा राय दिने निर्णय गरेको थियो । तर, हालसम्म पनि नआएको पोखरेलले बताए । परराष्ट्र सम्बन्धित अन्य विषयमा राय सुझाव दिएको तर, यस विषयमा भने अझै पनि नदिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण