जन्मदिनमा एम्बाप्पेको दुई गोल, भाइको डेब्यू
बिहीबार, ०५ पुस २०८०, ०९ : ३१
पेरिस । किलियान एम्बाप्पेले आफ्नो जन्मदिनमा दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले मेट्जलाई सजिलै हराएको छ । पीएसजी ३–१ ले विजयी भएको खेलमा उनका १६ वर्षीय भाइ इथनले पनि डेब्यू गरेका थिए ।
खेलको ४९ औँ मिनेटमा भिटिन्हाले साबिक विजेता टोलीलाई अग्रता दिलाएका थिए । ६० औँ मिनेटमा एम्बाप्पेले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
१२ मिनेटपछि म्याथ्यु उडोलले मेट्सलाई केही आशा दिलाए पनि पीएसीका सर्वकालिक शीर्ष गोलकर्ताले ७ मिनेट बाँकी छँदा अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि पीएसजी १७ खेलबाट ४० अङ्क बटुल्दै लिग वानको शीर्ष स्थानमा रहेको छ । बुधबार राति लेन्सलाई २–० ले हराएको निस ३५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । उता ३३ अङ्कसहित तेस्रो स्थानमा रहेको मोनाकोले टोलुसलाई २–१ गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण