जन्मदिनमा एम्बाप्पेको दुई गोल, भाइको डेब्यू
बिहीबार, ०५ पुस २०८०, ०९ : ३१

पेरिस । किलियान एम्बाप्पेले आफ्नो जन्मदिनमा दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले मेट्जलाई सजिलै हराएको छ । पीएसजी ३–१ ले विजयी भएको खेलमा उनका १६ वर्षीय भाइ इथनले पनि डेब्यू गरेका थिए ।
खेलको ४९ औँ मिनेटमा भिटिन्हाले साबिक विजेता टोलीलाई अग्रता दिलाएका थिए । ६० औँ मिनेटमा एम्बाप्पेले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
१२ मिनेटपछि म्याथ्यु उडोलले मेट्सलाई केही आशा दिलाए पनि पीएसीका सर्वकालिक शीर्ष गोलकर्ताले ७ मिनेट बाँकी छँदा अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि पीएसजी १७ खेलबाट ४० अङ्क बटुल्दै लिग वानको शीर्ष स्थानमा रहेको छ । बुधबार राति लेन्सलाई २–० ले हराएको निस ३५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । उता ३३ अङ्कसहित तेस्रो स्थानमा रहेको मोनाकोले टोलुसलाई २–१ गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म