आठबिसकोटमा करिब १० हजार लाभग्राही
बिहीबार, ०५ पुस २०८०, ११ : ५२
सुर्खेत । कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा करिब १० हजार घरहरुमा क्षति पु¥याएको छ ।
कार्यविधि अनुसार नगरपालिकाले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार पालिकाभर ९ हजार ९६२ घरमा क्षति पुगेको छ । क्षति पुगेका कुनैपनि घरहरु बस्न लायक नभएको नगरपालिकाले जनाएको छ ।
अस्थायी आवासका लागि जम्मा लाभग्राहीमध्ये अहिलेसम्म आधाले मात्रै पहिलो किस्ता पाएका छन् । नगरप्रमुख रवि केसीका अनुसार ५ हजार ३०० लाभग्राहिहरुले २५ हजारका दरले रकम प्राप्त गरेका छन् ।
रकम प्राप्त गरेका लाभग्राहिहरुले छिटो अस्थायी आवास निर्माणको काम सक्न पनि उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण