आठबिसकोटमा करिब १० हजार लाभग्राही
बिहीबार, ०५ पुस २०८०, ११ : ५२

सुर्खेत । कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा करिब १० हजार घरहरुमा क्षति पु¥याएको छ ।
कार्यविधि अनुसार नगरपालिकाले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार पालिकाभर ९ हजार ९६२ घरमा क्षति पुगेको छ । क्षति पुगेका कुनैपनि घरहरु बस्न लायक नभएको नगरपालिकाले जनाएको छ ।
अस्थायी आवासका लागि जम्मा लाभग्राहीमध्ये अहिलेसम्म आधाले मात्रै पहिलो किस्ता पाएका छन् । नगरप्रमुख रवि केसीका अनुसार ५ हजार ३०० लाभग्राहिहरुले २५ हजारका दरले रकम प्राप्त गरेका छन् ।
रकम प्राप्त गरेका लाभग्राहिहरुले छिटो अस्थायी आवास निर्माणको काम सक्न पनि उनले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदैछन् ४ सचिव र १६ सहसचिव (सूची)
-
क्रिएटिभ विद्यालयसँग ७१ रनले हार्यो नेक्सस इन्टरनेशनल
-
नीति तथा कार्यक्रमप्रति रिटर्नी फेडेरेसन नेपालको असन्तुष्टि
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा रेडियन्ट रिडर्सको सहज जित
-
विद्युत नियमन आयोगविरूद्ध किन खनिए ऊर्जामन्त्री ?
-
राष्ट्रिय गौरवको आयोजनाका लागि छुट्टै कानुन बनाउन सांसदहरूको जोड