सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा १ करोड २४ लाखमा नगर प्रहरीको आवासीय भवन बन्दै

बिहीबार, ०५ पुस २०८०, १४ : ५०
बिहीबार, ०५ पुस २०८०

चितवन । भरतपुर महानगरपालिकाको नगर प्रहरी बलको भवनको बिहीबार शिलान्यास गरिएको छ । भवनको संयुक्त रूपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले गरे । 

 निर्माणाधीन प्रशासकीय भवनको उत्तरतर्फ १९२९ दशमलव ८ वर्ग फिट क्षेत्रफलमा ३ तले भवन निर्माण हुन लागेको हो ।  भवनमा ५० जना नगर प्रहरीको आवाससहितको क्षमता रहेको महानगरका इन्जिनियर घनश्याम मिश्रले जानकारी दिए । ३ तलाको भवनमा प्रत्येक तल्लाको फ्लोर एरिया हुनेछ । भवनमा महिला र पुरुष प्रहरीलाई बस्न मिल्ने गरी छुट्टा छुट्टै आवास र शौचालयको व्यवस्था गरिएको ई मिश्रले जानकारी दिए । निर्माणको जिम्मा एमएस कनसोडिटेड ईन्जिनियरिङ बिल्ड प्रालिसँग रु १ करोड २४ लाख ७ हजार १ सय ८० रुपैयाँमा सम्झौता भएको हो । सम्झौता मितिले २०८१ साल जेठ ३० गतेसम्म २ तल्लासम्मको सम्पूर्ण कार्य र तेस्रो तलाको छत ढलान गर्नुपर्ने छ ।

यसअघि नगर प्रहरीले अस्थायी भवनहरूबाट सेवा दिँदै आइरहेको थियो । नगर प्रहरीले भवन अभावका कारण रात्रिकालीन डियुटी दिन असहज हुने गरेको नगर प्रहरीका ईन्सिपेक्टर मेघराज भट्टराईले बताए। महानगरले नगर प्रहरीको संख्या वृद्धि गरी ७३ जना पुराएसँगै छुटै भवनको आवश्यकता पनि रहेको थियो । नगर प्रहरीको भवन निर्माण भएसँगै नगर प्रहरीको कार्य सम्पादन वृद्धि भएर जाने अपेक्षा लिइएको थियो।

बिहीबार नै प्रमुख दाहालले निर्माणाधीन प्रशासकीय भवनको निरीक्षण गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप