५० दिनमा सकियो ‘महाजात्रा’
काठमाडौँ । प्रदीप भट्टराई निर्देशक रहेको फिल्म ‘महाजात्रा’को छायांकन सकिएको छ । निर्देशक भट्टराईले शुक्रवार फिल्म सकिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । ५०औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको उनले जानकारी दिए ।
फिल्मको प्रदर्शन मिति आगामी चैत ९ तोकिएको छ । निर्देशक भट्टराई कै लेखन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल, प्रवीण खतिवडा, सुमन कार्कीलगायतको अभिनय छ ।
अभिनयका उस्ताद मानिने हरिवंश र विपिनले पहिलो पटक एकसाथ काम गरेका हुन् । जसले गर्दा ‘महाजात्रा’प्रति दर्शकको उच्च अपेक्षा छ । फिल्मको छायांकन रमाइलो रमाइलोमै सकिएको निर्देशक भट्टराईले बताए । फिल्म हेर्दा दर्शकले पनि रमाइलो महसुस गर्ने उनको भनाइ छ ।
रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेल छन् । षट्कोण आर्ट्सको प्रस्तुति रहेको फिल्मको छायांकन हुनु ओभरसिज राइट्स बिक्री भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण