सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५० दिनमा सकियो ‘महाजात्रा’

शुक्रबार, ०६ पुस २०८०, १४ : २१
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रदीप भट्टराई निर्देशक रहेको फिल्म ‘महाजात्रा’को छायांकन सकिएको छ । निर्देशक भट्टराईले शुक्रवार फिल्म सकिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । ५०औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको उनले जानकारी दिए ।

फिल्मको प्रदर्शन मिति आगामी चैत ९ तोकिएको छ । निर्देशक भट्टराई कै लेखन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल, प्रवीण खतिवडा, सुमन कार्कीलगायतको अभिनय छ ।

अभिनयका उस्ताद मानिने हरिवंश र विपिनले पहिलो पटक एकसाथ काम गरेका हुन् । जसले गर्दा ‘महाजात्रा’प्रति दर्शकको उच्च अपेक्षा छ । फिल्मको छायांकन रमाइलो रमाइलोमै सकिएको निर्देशक भट्टराईले बताए । फिल्म हेर्दा दर्शकले पनि रमाइलो महसुस गर्ने उनको भनाइ छ ।

रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेल छन् । षट्कोण आर्ट्सको प्रस्तुति रहेको फिल्मको छायांकन हुनु ओभरसिज राइट्स बिक्री भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप