न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैँ विवादमा परिरहने भएकाले सो परिषदको संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनि प्रश्न समेत गरे । उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिले पनि आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरे । हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताए ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि परीक्षा प्रणाली उपयुक्त हुनसक्ने विकल्प प्रस्तुत गरे । त्यसैगरी परीक्षणको माध्यामबाट पनि न्यायाधीशको छनौट गर्न सकिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण