दक्षिणी भियतनाममा मङ्की पक्सबाट ६ जनाको मृत्यु
शुक्रबार, ०६ पुस २०८०, २० : ५८
हनोई । भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेको हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले शुक्रबार जानकारी दिएको छ ।
संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ ।
हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जनाकरी दिएका छन् । तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।
गत अक्टोबरमा भियतनामा मङ्की पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण