त्रिभुवन विमानस्थलबाट ५ महिनामा ५७ अर्ब ४८ करोडको माल–वस्तु भित्रियो
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार हुँदै चालु आर्थिक वर्षको ५ महिनामा ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सो भन्सार हुँदै कूल ५७ अर्ब ४८ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको भन्सार विभागले जनाएको हो ।
यो कूल आयातको ८.९५ प्रतिशत हिस्सा हो । चालु आर्थिक वर्षको ५ महिनामा सबै भन्सार (२९ वटा) गरी कूल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर सोही अवधिमा नेपालतर्फबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात भएको विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा बढी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत मात्र १५ अर्ब ७० करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कूल निर्यातको २४.८४ प्रतिशतको हिस्सा हो ।
यसैगरी भन्सारको राजा मानिएको वीरगन्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब १७ अर्ब ६५ करोड ५७ लाख ३२ हजार रुपैयाँको माल वस्तु आयात हुँदा सोही भन्सार हुँदै १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरी भैरहवा भन्सार कार्यालयमार्फत ९८ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको माल वस्तु आयात हुँदा ५ अर्ब ४२ करोड ३ लाख ६० हजार रुपैयाँका निर्यात भएको छ । समीक्षा अवधिमा पूर्वी नाका विराटनगर भन्सार कार्यालयमार्फत ६८ अर्ब ९८ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात हुँदै गर्दा सोही भन्सार हुँदै १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
यसै अवधिमा उत्तरतर्फका दुई नाका तातोपानी भन्सार र रसुवागढी–केरुङ भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको ५ महिनामा क्रमशः १२ अर्ब ६५ करोड २७ लाख ८३ हजार रुपैयाँ र २३ अर्ब ८१ करोड ९७ लाख ८२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएका छन् ।
यसै भन्सार हुँदै समीक्षा अवधिमा क्रमशः ११ लाख ९ हजार रुपैयाँ र ५७ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण