त्रिभुवन विमानस्थलबाट ५ महिनामा ५७ अर्ब ४८ करोडको माल–वस्तु भित्रियो

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार हुँदै चालु आर्थिक वर्षको ५ महिनामा ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सो भन्सार हुँदै कूल ५७ अर्ब ४८ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको भन्सार विभागले जनाएको हो ।
यो कूल आयातको ८.९५ प्रतिशत हिस्सा हो । चालु आर्थिक वर्षको ५ महिनामा सबै भन्सार (२९ वटा) गरी कूल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर सोही अवधिमा नेपालतर्फबाट जम्मा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात भएको विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा बढी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत मात्र १५ अर्ब ७० करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कूल निर्यातको २४.८४ प्रतिशतको हिस्सा हो ।
यसैगरी भन्सारको राजा मानिएको वीरगन्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब १७ अर्ब ६५ करोड ५७ लाख ३२ हजार रुपैयाँको माल वस्तु आयात हुँदा सोही भन्सार हुँदै १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
यसैगरी भैरहवा भन्सार कार्यालयमार्फत ९८ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको माल वस्तु आयात हुँदा ५ अर्ब ४२ करोड ३ लाख ६० हजार रुपैयाँका निर्यात भएको छ । समीक्षा अवधिमा पूर्वी नाका विराटनगर भन्सार कार्यालयमार्फत ६८ अर्ब ९८ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात हुँदै गर्दा सोही भन्सार हुँदै १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
यसै अवधिमा उत्तरतर्फका दुई नाका तातोपानी भन्सार र रसुवागढी–केरुङ भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको ५ महिनामा क्रमशः १२ अर्ब ६५ करोड २७ लाख ८३ हजार रुपैयाँ र २३ अर्ब ८१ करोड ९७ लाख ८२ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएका छन् ।
यसै भन्सार हुँदै समीक्षा अवधिमा क्रमशः ११ लाख ९ हजार रुपैयाँ र ५७ करोड १० लाख ५३ हजार रुपैयाँ बराबरको माल वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
कुटपिटबाट घाइते किशोरको मृत्यु
-
वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
-
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पतालहरु साउनबाट सञ्चालनमा ल्याइने
-
रासायनिक मलको विकल्प नखोजे भविष्यमा उर्वर भूमि मासिनेछ