बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुनः सेतो कोइला भनेर चिनिने पदार्थको नाम के हो ?

सोमबार, ०९ पुस २०८०, १० : ३१
सोमबार, ०९ पुस २०८०

१, नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

(क) अरनिको राजमार्ग (ख) पृथ्वी राजमार्ग (ग) सिद्धार्थ राजमार्ग (घ) त्रिभुवन राजपथ

२, नेपालको सबैभन्दा लामो जीपलाइन कहाँ सञ्चालन भएको छ ? 

(क) नगरकोट (ख) नुवाकोट (ग) सराङकोट (घ) चरिकोट

३, सन् २०२३ मा सम्पन्न एसिसी यू–एसिया कप जित्ने राष्ट्र कुन हो ?

(क) युएयी (ख) पाकिस्तान (ग) बङ्गलादेश (घ) भारत

४, नेपालमा दुई वटा कारागार भएको जिल्ला कति वटा छन् ?

(क) एक (ख) दुई (ग) तीन (घ) चार

५, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

(क) डिसेम्बर ६ (ख) डिसेम्बर ७ (ग) डिसेम्बर ८ (घ) डिसेम्बर ९

६, राष्ट्रियसभा सदस्य रिक्त पदको निर्वाचन कहिले हुने भएको छ ?

(क) २०८० माघ ११ गते (ख) २०८० माघ १२ गते (ग) २०८० माघ १३ गते (घ) २०८० माघ १४ गते 

७, नेपालको संविधान अनुसार कति किसिमको नागरिकता जारी गर्न सकिने प्रावधान छ ?

(क) तीन (ख) चार (ग) पाँच (घ) छ

८, मानव सेवा नै माधव सेवा हो भन्ने भनाइ कसको हो ?

(क) स्वामी योगानन्द (ख) स्वामी विवेकानन्द (ग) सत्यसाई बाबा (घ) स्वामी दयानन्द 

९, नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?

(क) बि.सं. १९०८ साल (ख) बि.सं. १९०९ साल (ग) बि.सं. १९१० साल (घ) बि.सं. १९११ साल

१०, प्रसिद्ध धार्मिक ग्रन्थ गीतामा कति अध्याय छ ?

(क) १७ (ख) १८ (ग) १९ (घ) २०

११, सेतो कोइला भनेर चिनिने पदार्थको नाम के हो ?

(क) जलविद्युत ऊर्जा (ख) सौर्य ऊर्जा (ग) वायवीय ऊर्जा (घ) आकाशीय पिण्ड

सही उत्तर 

१–(घ), २–(क), ३–(ग), ४–(ख काठमाडौँ र दाङ), ५–(घ), ६–(क), ७–(ख वंशज, अङ्गीकृत, गैरआवसीय र मानार्थ), ८–(ग), ९–(क), १०–(ख), ११–(क)

स्रोत विभिन्न पत्रिपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप