धरानमा जुवातास खेलिरहेका ९ जना पक्राउ
सोमबार, ०९ पुस २०८०, १६ : ४२
सुनसरी । धरानमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण