प्रवक्ता श्रेष्ठको प्रश्न–प्रधानमन्त्रीलाई आफूले बोलेको कुरामा कत्तिको विश्वास लाग्यो होला ?
मङ्गलबार, १० पुस २०८०, २२ : ०६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले बोलेको कुरामा कत्तिको विश्वास लाग्यो होला भनी प्रश्न गर्नु भएको छ ।
मंगलबार सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गरेपछि प्रवक्ता श्रेष्ठले आफ्नो एक वर्षको असफलता ढाकछोप गर्न प्रधानमन्त्रीले पट्यारलाग्दो निबन्ध सार्वजनिक गरेको उल्लेख गर्नुभएको हो ।
‘प्रधानमन्त्रीले एक वर्षे कार्यकालको अवसरमा सम्बोधन गर्दैगर्दा उहाँ आफैलाई चाहिँ आफूले बोलेको कुरामा कत्तिको विश्वास लाग्यो होला ?’, प्रवक्ता श्रेष्ठले प्रश्न गर्दै भने,‘पट्यारलाग्दो निबन्ध, शब्दजाल मात्रै, भावना हाबी, यथार्थबाट टाढा, नमिठो एक वर्ष, भविष्यको अस्पष्ट मार्गचित्र, राष्ट्रिय संकल्पको कमी, समग्रमा निराशाजनक ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण