एकीकृत समाजवादी बैठक : २ मिनेटमा घण्टी, ३ मिनेटमा स्टप !
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको सातौँ बैठकको पहिलो दिन १५ जना केन्द्रीय सदस्यहरुले विधान संशोधनबारे आ–आफ्नो धारणा राखेका छन् ।
ललितपुरस्थित एक पार्टी प्यालेसमा बुधबारदेखि सुरु भएको बैठकमा विधान संशोधनका लागि ११ वटा प्रश्नावली वितरण गरिएको थियो । सोही प्रश्नावलीमा केन्द्रित रहेर सदस्यहरुले धारणा राखेका हुन् । बैठकमा एक केन्द्रीय सदस्यलाई धारणा राख्न ३ मिनेटको समय छुट्याइएको कार्यालय सचिव समेत रहेका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो दिनको बैठकमा १५ जना सदस्यले धारणा राखेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न छुट्याएको तीन मिनेटको समयमा २ मिनेटमा घण्टी बज्ने र ३ मिनेट पुगेपछि अनिवार्य स्टप हुने व्यवस्था गरेको श्रेष्ठको भनाइ छ ।
पहिलो दिनको बैठकमा महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कमारी तामाग, शरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, भद्र सिंह, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले धारणा राखेको पोलिटव्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । एकीकृत समाजवादीमा झण्डै चार सय केन्द्रीय सदस्य रहेका छन् ।
बैठक उद्घाटन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी भएको बताएका थिए । साथै उनले एकीकृत समाजवादीले नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेकाले १० सिटको पार्टी भनेर कम नआँक्न चेतावनी दिएका थिए । त्यस्तै सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणमा ध्यान दिनुपर्ने भन्दै वर्गीय आवश्यकता बुझेर सोही अनुसार संगठन निर्माण गर्नुपर्ने र विधान बनाउनुपर्ने बताएका थिए । बैठक बिहीबार ११ बजे पुन बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण