मध्य प्रदेश : ट्रकसँग ठोक्किएर बसमा आगलागी, १३ जनाको मृत्यु
गुना । मध्य प्रदेशको गुनामा बुधबार साँझ डम्पर ट्रकसँग ठोक्किएर बसमा आगलागी भएको छ । घटनामा बसमा सवार १२ जनाको जलेर मृत्यु भएको छ ।
सोही क्रममा डम्पर चालकको पनि मृत्यु भएको छ । यसरी यस दुर्घटनामा कूल १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा कम्तीमा १६ जना जलेर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बुधबार साँझ करिब ८ः३० बजे दुर्घटना भएको हो ।
राति अबेरसम्म पूरै कर्मचारी घटनास्थलमा पुगेर बसको भग्नावशेष हटाउने र अन्य यात्रुलाई उद्धार गर्ने काम गरेका थिए । घटना जिल्ला सदरमुकामबाट सात किलोमिटर टाढा रहेको घूम उपत्यकामा भएको हो । टोलीहरु हाल अनुसन्धानमा व्यस्त रहेको अधिकारीहरुले बताएका छन् ।
मुख्यमन्त्री डा मोहन यादवले छानबिनको आदेश दिँदै आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् । मृतकका आफन्तलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउन निर्देशन समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण