सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा १ हजार विद्यार्थीलाई न्यानो कपडा सहयोग

बिहीबार, १२ पुस २०८०, १६ : १६
बिहीबार, १२ पुस २०८०

चितवन । भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ ।  चिसो बढ्ने क्रम सुरु भएसँगै भरतपुरका तटिय क्षेत्र पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

 चिसोका कारण बालबालिका घरमै बस्नु पर्ने समस्या नहोस् भन्ने उदेश्यले बाल विकास कक्षा देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।  
बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  भरतपुर–२६ मा रहेको रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरणको सुरुवात गरिन् । बालबालिकासँग मेयर कार्यक्रम ५ वर्षदेखि सञ्चालनमा छ ।

कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत चार वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।
प्रमुख दाहालले किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन् । 

यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका विद्यालयका १ हजार बालबालिकालाई वितरण गरिएको महानगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । 

नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

यसअघि ४ वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप