स्मिथ र मार्सले अस्ट्रेलियालाई राहत
मेलबर्न । खराब स्थितिबाट उकास्दै स्टिभन स्मिथ र मिचेल मार्सले अस्ट्रेलियालाई पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा २ सय ४१ रनको अग्रता दिलाउन सफल भएका छन् । तेस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया ६ विकेटको क्षतिमा १ सय ८७ रनको स्थितिमा पुगेको हो ।
आफ्नो दोस्रो पालीमा अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । मात्र १६ रनमा अस्ट्रेलियाले चार विकेट गुमाएको थियो । शाहिन शाह अफ्रिदी र मिर हामजाको घातक बलिङसामु उस्मान ख्वाजा र ट्राभिस हेड शून्य रनमा आउट भए भने मार्नस लाम्बुस्चेन ४ तथा डेविड वार्नर ६ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि स्मिथ र मार्सले अस्ट्रेलियाको पालीलाई सम्हाले दुवैले मिलेर १ सय ५३ रनको साझेदारी गरे । मार्स ९६ रन बनाउँदै शतकबाट मात्र ४ रनले चुके भने लगत्तै स्मिथ पनि ५० रन बनाएर आउट भए । अस्ट्रेलियाले पहिलो पालीमा ३१८ रन बनाएको थियो भने पाकिस्तान आफ्नो पहिलो पालीमा २ सय ६४ रन बनाएर अलआउट हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण