मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला*

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको बेला आफूलाई छाड्न गएको गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबारस्थित मन्त्रालयबाट ज्वाला ललितपुरमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।
मन्त्री ज्वाला बैठकस्थलमा ओर्लिएपछि गाडी सिंहदरबार फर्किने क्रममा रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले गाडीमा आगो लगाएर ध्वस्त पारेका थिए । उनले आफूलाई चालकले छोडेर सिंहदरबार फर्कने बेला आगजनी भएको रातोपाटीसँग बताए ।
‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।
(*रातोपाटीले मुलुकको जिम्मेवार मन्त्रीको भनाइमा विश्वास गरेर यो समाचार बनाएको थियो l तर अहिले सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ । त्यसैले यो समाचार गलत हो भन्नेमा हामी विश्वस्त भएका छौं तर छानबिन समितिले मन्त्री ज्वालाले किन झुट्टो बोले भनेर समेत छानबिन गरोस् भनेर हामीले यो समाचार हटाएका छैनौँ l - सम्पादक )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता