काठमाडौँको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका छन् ।
शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
‘अब काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । र यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’
उनले निजगढ विमानस्थल कसरी अघि बढाउने भन्ने विषयमा पहिलादेखि नै छलफल हुँदै आए पनि बिचमा अदालतको आदेशका कारण स्थगन भए पनि अहिले प्रक्रिया सुरु भएको बताए ।
‘निजगढको पनि प्रक्रिया अघि बढेको छ । योसहित अब हामी काठमाडौँसहित पोखरा, भैरहवा र निजगढ विमानस्थललाई पीपीपी मोडलमा अगाडि बढाउनुपर्छ र जरुरी छ’, उनले भने, ‘पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर बैरी र अभावको अन्य गर्नुपर्छ, नुनपानी र रोटीको ग्यारेन्टी गर्नुपर्ने राष्ट्रवाद हामीलाई चाहिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण