अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ
शुक्रबार, १३ पुस २०८०, १५ : २०
काठमाडौँ । अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा घर भएर सामाखुसी बस्ने ४६ वर्षीय पार्वती थापा छिन् ।
पीडितलाई अमेरिका पठाइदिन्छु भनेर १४ लाख ९० हजार लिएपछि उनी सम्पर्क विहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र्र रेग्मीले रातोपाटीलाई बताए । अमेरिकामा मासिक साढे ३ लाख तलब आउने जागिर पाइने आश्वासन दिएर पार्वतीले अमेरिका पुग्न ३० लाख लाग्ने बताएर पीडितलाई प्रभावमा पारेकी थिइन् ।
पटकपटक गरेर १४ लाख ९० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी गरेका थिए । आरोपीलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण