बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गोठाटारको सोफा कारखानामा आगलागी

शुक्रबार, १३ पुस २०८०, १८ : ५६
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । काठमाडौँको गोठाटारमा भीषण आगलागी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सोफा कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

आगो निभाउन ५ वटा दमकल प्रयोग गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको नेतृत्वमा सुरक्षाकर्मीहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट सोफा कारखाना पूर्णरुपमा जलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप