‘धूम’ मा शाहरुखको इन्ट्री ?
मुम्बई । धूमका तीन सफल फ्रेन्चाइज फिल्मपछि यशराज प्रोडक्सनले चाँडै नै चौथो फिल्म धूम ल्याउने भएको छ । पठान, जवान र डंकीको चर्चामा रहेको यस फिल्ममा शाहरुख खानलाई मुख्य भूमिका दिने बताइएको थियो । तर, पछिल्लो रिपोर्ट अनुसार शाहरुख खानले अहिलेसम्म यो फिल्म साइन भने गरेका छैनन् ।
हालै फिल्म निर्माणसँग जोडिएको एक स्रोतले इन्डियन एक्सप्रेसलाई दिएको जानकारी अनुसार शाहरुखलाई धूम ४ मा साइन गरिएको छैन । उनले भने, ‘धूम ४ मा शाहरुखलाई कास्ट गरेको खबर गलत हो । अहिलेसम्म केही टुङ्गो लागेको छैन ।’
फिल्ममा शाहरुख खानसँगै साउथका सुपरस्टार रामचरण पनि महत्त्वपूर्ण भूमिकामा देखिने खबरहरू भारतीय सञ्चारमाध्यममा प्रकाशित छन् । धूम फ्रेन्चाइजीमा रामचरणले अभिषेक बच्चनको स्थान लिने दाबी गरिएको छ ।
बलिउड अभिनेता तथा निर्माता उदय चोपडा पछिल्लो ३ धूम फ्रेन्चाइजी फिल्मका हिस्सा रहेका छन् । हालै उदयले एक अन्तर्वार्तामा धूम ४ मा शाहरुख खान चोरको भूमिकामा उत्कृष्ट देखिने बताएका थिए । उनको भनाइलाई मानिसहरूले धूम ४ को कास्टिङतर्फ सङ्केतका रूपमा लिए र हल्ला चल्न थाले ।
धूम भारतीय सिनेमाको उत्कृष्ट फ्रेन्चाइजी मध्ये एक हो । धूम फ्रेन्चाइजीको पहिलो फिल्म सन् २००४ मा रिलिज भएको थियो, जसमा जोन अब्राहम, अभिषेक बच्चन, उदय चोपडाको महत्त्वपूर्ण भूमिका थियो। फिल्म धुम २ सन् २००६ मा रिलिज भएको थियो, जसमा ऋतिक रोशन, अभिषेक बच्चन, ऐश्वर्या राई, उदय चोपडाको महत्त्वपूर्ण भूमिका थियो ।
तेस्रो फिल्म धुम ३ २०१३ मा रिलिज भएको थियो, जसमा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए। फिल्ममा उनीसँगै कट्रिना कैफ पनि मुख्य भूमिकामा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण