राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारको नाम सिफारिस
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । सो संगठनले अध्यक्ष माधवकुमार नेपालमार्फत गठबन्धनमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरूको उपस्थिति सुनिश्चित गर्न माग समेत गरेको अध्यक्ष विश्वमणि सुवेदीले बताए ।
अध्यक्ष सुवेदीका अनुसार संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह रहेका छन् । त्यसैगरी विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बुढा मगरको नाम पनि सिफारिस भएका छन् ।
‘त्यसमध्ये जो कोही व्यक्ति र सङ्ख्या छनौट भए पनि हामीलाई मञ्जुर हुने छ’, अध्यक्ष सुवेदीले भनेका छन् ।
०४६ सालको संयुक्त जनआन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीका निम्ति देशका पत्रकार तथा पेसाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रूपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने संगठनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण