शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेता प्रदीप खड्काले थाले रेस्टुरेन्ट व्यवसाय

सोमबार, १६ पुस २०८०, १० : ४८
सोमबार, १६ पुस २०८०

काठमाडौँ । पछिल्लो समय थुप्रै कलाकारले वैकल्पिक पेसा गर्दै आएका छन् । यो भिडमा अभिनेता प्रदीप खड्का पनि थपिएका छन् । प्रदीपले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन् । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । नीलसरस्वती मार्गमा रहेको रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम गरिएको छ । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।

फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्टमा जोडिएको प्रदीपले बताए । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि छन् ।

अभिनयका कुरा गर्दा प्रदीपको ‘प्रेम गीत ३’ र ‘प्रकाश’पछि कुनै पनि फिल्म आएका छैन । उनी अहिले एकसाथ ४/ ५ फिल्म अभिनय तयारीमा छन् । जसमा ‘पूजार सार्की’, ‘एरी’, ‘एक्टर’ लगायत छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप