अभिनेता प्रदीप खड्काले थाले रेस्टुरेन्ट व्यवसाय
काठमाडौँ । पछिल्लो समय थुप्रै कलाकारले वैकल्पिक पेसा गर्दै आएका छन् । यो भिडमा अभिनेता प्रदीप खड्का पनि थपिएका छन् । प्रदीपले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन् ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् । नीलसरस्वती मार्गमा रहेको रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम गरिएको छ । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।
फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्टमा जोडिएको प्रदीपले बताए । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि छन् ।
अभिनयका कुरा गर्दा प्रदीपको ‘प्रेम गीत ३’ र ‘प्रकाश’पछि कुनै पनि फिल्म आएका छैन । उनी अहिले एकसाथ ४/ ५ फिल्म अभिनय तयारीमा छन् । जसमा ‘पूजार सार्की’, ‘एरी’, ‘एक्टर’ लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण