प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : आन्दोलनमा तपाईंको मन्त्री झण्डा हल्लाउँदै किन पुगे ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको कार्यशैली प्रति प्रश्न उठाएका हुन् ।
आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो ।
महामन्त्री शर्माले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो ? के कार्यका लागि त्यो जरुरी थियो ?’
उनले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको विषयमा जोड दिए । उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबिच सहकार्य जरुरी छ । उनले देशको सहकार्यका लागि तीन सूत्र पेस गरे – सुशासन, सुशासन र सुशासन ।
शर्माले अझै पनि दलहरूको बिचमा सहकार्य जरुरी रहेको विषय औँल्याए । उनले भने, ‘राजनीतिक कार्यभार पुरा भए पनि पनि संविधानलाई कार्यान्वयन गर्न, संघीयतालाई बलियो बनाउन, सम्मुनतिको गति बढाउन र जनतामा देश प्रतिको आस्था र विश्वास बढाउन शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका दलहरू एक ठाउँमा उभिन जरुरी छ । त्यस्तै नयाँ दललाई पनि विश्वासमा ल्याएर मुलुकलाई नयाँ मनोबल दिन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण