नेपालमै उद्योग व्यवसायको माहोल बढाएर रोजगारी सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत
विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले उद्योग सञ्चालनको वातावरण बढाउन अर्थ मन्त्रालय तयार रहेको बताएका हुन् ।
उद्योगी, व्यवसायीका समस्या प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न सक्ने उनको भनाई छ । उद्योगी व्यवसायीको समस्या समाधान गरेर नेपालमै औद्योगिक व्यवसायिक वातावरण बढाउन पहल गर्नुपर्ने डा. महतको भनाई छ ।
उनले भने– ‘विदेशबाट फर्केर आएका युवाहरूले पुँजी र सिप लिएर आएका छन् । उनीहरू आधुनिक कृषि कर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।’
यस्तै, देशको अर्थतन्त्र रहेको बताउँदै मन्त्री महतले आउँदा दिनमा सकारात्मक सङ्केतहरू देखिने र आर्थिक वृद्धि हुने बताए । पछिल्ला तथ्याङ्कले आफ्नो भनाइलाई पुष्टि गर्ने मन्त्री महतले बताए ।
‘हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत घोषणा गरेका थियौँ, अहिले ५ दशमलव ३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण