४८ घरधुरी पहरीलाई न्यानो सिरक लिएर सिन्धुली पुगे मन्त्री
सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका ४८ घरधुरी पहरी जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।
मन्त्री श्रेष्ठले सोमबार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ बञ्चरेका सीमान्तकृत पहरी जातिका ४८ घरधुरीलाई प्रति परिवार एक थान फाइबर सिरक वितरण गरेका हुन् । उनले एक औपचारिक कार्यक्रमका बिचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडा र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवा समेतको उपस्थितिमा सिरक हस्तान्तरण गरेका छन् ।
सिरक हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सीमान्तकृत जातिहरुलाई सीप सिकाउने र उत्पादनमा जोड्ने काम गर्ने बताए । उनले सीमान्तकृत जाति बसोबास गरिरहेका स्थानमा भौतिक पूर्वाधार निर्माणमा जोड दिने पनि बताए । त्यस्तै, पहरीको भाषा र संस्कृति संरक्षण तथा सम्बद्र्धनका लागि पनि प्रदेश सरकारले काम गर्ने उनको भनाई छ ।
चिसोको समयमा न्यानो सिरक पाएपछि स्थानीय सिर्जना पहरीले आफ्नो परिवारमा ९ जना सदस्य रहेको र सिरक अपुग रहेको अवस्थामा सरकारले न्यानो सिरक दिएकोप्रति खुसी व्यक्त गरिन् । त्यस्तै, स्थानीय जगत पहरीले सरकारले न्यानो कपडा दिँदा आफूहरूको जीवन तातो हुने बताए ।
मन्त्री श्रेष्ठले यसअघि मकवानपुर जिल्लाका बनकरिया जाति, सिन्धुली जिल्लाका लोपोन्मुख हायु जाति र थामी जातिलाई पनि न्यानो सिरक वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण