राष्ट्रियसभा उपनिर्वाचनका लागि पोखरामा खुल्यो निर्वाचन अधिकृतको कार्यालय
पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । ३ वटा सीटमा हुने निर्वाचनका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ ।
गण्डकीबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सांसदहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदैछ । तिमल्सिना र गुरुङ एमालेका हुन् भने पन्थ कांग्रेसका हुन् । अन्य समूह, महिला र अपांगता तथा अल्पसंख्यक समूहका सांसदहरुको कार्यकाल अहिले सकिन लागेको हो ।
सोमबार पोखरामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले माघ ११ गते उपचुनावको मिति तोकेको छ । उक्त उपचुनावका लागि पुस २२ गते मनोनयन हुँदैछ । दलहरुले उम्मेदवार अझै टुंगो लगाएका छैनन् ।
स्थानीय तहतर्फ गण्डकीमा १ सय ७० जना मतदाता छन् भने प्रदेशसभाका ६० मतदाता छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशसभाका सदस्यको मतभार ५३ छ । दुवै तहका जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण