सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनका लागि पोखरामा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

सोमबार, १६ पुस २०८०, २२ : २८
सोमबार, १६ पुस २०८०

पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । ३ वटा सीटमा हुने निर्वाचनका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ ।

गण्डकीबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सांसदहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदैछ । तिमल्सिना र गुरुङ एमालेका हुन् भने पन्थ कांग्रेसका हुन् । अन्य समूह, महिला र अपांगता तथा अल्पसंख्यक समूहका सांसदहरुको कार्यकाल अहिले सकिन लागेको हो ।

सोमबार पोखरामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगले माघ ११ गते उपचुनावको मिति तोकेको छ । उक्त उपचुनावका लागि पुस २२ गते मनोनयन हुँदैछ । दलहरुले उम्मेदवार अझै टुंगो लगाएका छैनन् ।

स्थानीय तहतर्फ गण्डकीमा १ सय ७० जना मतदाता छन् भने प्रदेशसभाका ६० मतदाता छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशसभाका सदस्यको मतभार ५३ छ । दुवै तहका जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप