तमोर नदीमा खसेर मजदुरको मृत्यु
सोमबार, १६ पुस २०८०, २२ : ४३
फुङ्लिङ । ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो ।
भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।
उनका अनुसार मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण