१० करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ, ९९७ थान राहदानी बरामद
काठमाडौँ । युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् ।
४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।
सो उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको छ ।
उनलाई शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोडभन्दा बढी रकम उठाएको पाइएको रेग्मीले बताए । उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण