सुरुङमा मृत भेटिएका केसीको हत्या गरेको आरोपमा ४ जना पक्राउ
दाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधवार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी शुक्रबार बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए । बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरूवा बन्दुक उपलव्ध गराउने मेघराज कुँवर रहेका छन् ।
कसरी भयो हत्या ?
प्रारम्भिक अनुसन्धानबाट मृतक केसीको दीपासँग अनैतिक सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ । पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए। तर बेलुका दीपा मात्रै घर फर्किइन्। शिवराज घर नफर्किएपछि उनका आफन्तले दीपासँग सोधपुछ गरेका थिए । दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन्।
त्यसपछि १० गते शिवराजका दाइ डम्बर केसीले खोजतलासका लागि प्रहरीमा निवेदन दिए । दीपाले १३ गते छोराछोरी लिएर भारत जाने तयारी गरिन् । त्यसलगत्तै डम्बरले दीपाले नै केसीलाई लुकाएर राखेको भन्दै पुनः प्रहरीमा निवेदन दिए। प्रहरीले खोजतलास गर्दै जाँदा पुस १२ गते भुमेबरा सामुदायिक वनको रुकधने कोइला खानीमा शिवराजको शव फेला पर्यो ।
मृतक केसीका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या भएको प्रहरीको भनाई छ ।
प्रहरीले १५ गते स्थानीय मेघराज कुँवरको घरबाट एक नाल बन्दुक, बन्दुकमा प्रयोग हुने १०८ थान छर्रा, दुई थान गोली, लाम्चो आकारका ३९ थान गोली, बारुद ७५ ग्राम, केप ५ थान र हरियो कपडाको लत्ता (सूती) एक थान बरामद गरेको थियो । हातहतिरयारसहित मेघराजलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण