बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रोमानिया पठाउँछु भनेर २१ लाख ठगेको आरोपमा पक्राउ

बुधबार, १८ पुस २०८०, १८ : १५
बुधबार, १८ पुस २०८०

काठमाडौँ । ‘रोमानिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–२ घर भएर काठमाडौँ स्थित बाङगेमुढा ढाल बहादुर बुढाथोकी छन् । 

५० वर्षीय ढालबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

बुढाथोकीले २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनको समूहले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेका हुन् । पीडितहरूबाट पटक पटक रकम लिएपनि उनीहरू सम्पर्क विहीन भएका थिए । 

आरोपीलाई असनबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप