विद्युतीय गाडीमा आगलागी प्रकरण : कम्पनीले भन्यो, ‘तार सर्ट भएर आगलागी’
काठमाडौँ । एमजी ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको घटनामा उक्त गाडी आयात गर्ने कम्पनीले स्पष्टीकरण जारी गरेको छ । गत पुस ८ गते काठमाडौँको बुढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको एमजी जेडएस ईभी गाडीमा आगलागी भएको थियो ।
कम्पनीले साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासि विद्युत्को तार सर्ट भई आगलागी भई पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको बताएको हो । उक्त घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात् तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारीसमेतको टोली स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र ब्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत् प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी राखिएको कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
नेपालमा आधिकारीक बिक्रेता प्यारामाउन्ट मोटर्स कम्पनीले एमजी ब्राण्डका चार पाङ्ग्रे गाडीहरू उच्चतम प्रविधिको प्रयोग गरी सुरक्षित रूपमा निर्माण गरी विश्वव्यापी रूपमा प्रयोग भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मतमा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो
-
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
-
फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु
-
शेखरलाई भावी सभापति र प्रधानमन्त्री बनाउने भाषण
-
सांसद सापकोटाको कारबाही सम्बन्धमा जनमतले जारी गरेको विज्ञप्तिप्रति सभामुखको सचिवालयको आपत्ति
-
उपनिर्वाचनले कांग्रेसलाई नोक्सानी हैन, महासमितिको निर्णय स्थापित गरायो : मधु आचार्य