स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ
विराटनगर । सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार उनले बोकेको रकमको स्रोत नखुलेको पाइएको छ ।
मोटरमाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो । सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ ।
रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो परिमाण रकमसहित केही सातायता पक्राउ पर्ने क्रम बढेको छ ।
त्यस्तो रकम हुण्डी कारोबारमा संलग्न हुनेहरुले ओसारपसार गर्न लगाएको पाइएको छ ।
हुण्डी कारोबारीहरुले यसअघि विराटनगरमा एकजना बालकलाई समेत रकम ओसारपसारमा प्रयोग गरेको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण