१८ लाख भन्दाबढी नेपाली नक्कलीनोट सहित यादव पक्राउ
रौतहट । रौतहटमा १८ लाख भन्दा बढी नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादवलाई सार्वजनिक गरिएको हो।
उनको साथबाट नेपाली १ हजार दरको १८ सय ४३ थान अर्थात १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। विशेष सूचनाको आधारमा बुधवार देवाही गोनाही नगरपालिका ८ पटेल चौकमा प्रहरीले गरेको चेकजाँचमा यादवको साथबाट उक्त नक्कली नोटका साथै बिभिन्न बैंकको ५ थान एटिएम, १६ लाख ६५ हजार लेखिएको ३ थान चेक र ओपो कम्पनीको मोबाईल एकथान बरामद भएको जनाइएको छ।
अभियुक्त यादवले नक्कली नोटको कारोबार गरिरहेको प्राप्त सूचनाको आधारमा पछिल्लो ३ महिना देखिको निगरानीमा रहेका थिए ।
उनीमाथि कानुन अनुसार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण