मोटरसाइकलमा अवैध काठ पैठारी गर्ने शेख पक्राउ
रौतहट । रौतहट स्थित राष्ट्रिय वनबाट अवैध रूपमा सालको काठ चोरेर मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र बन सुरक्षा गस्ती टोलीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका ५ हरिहरपुरका ३० वर्षीय शेख जुनैद रहेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहले बताएका छन्। शेखमाथि अवैध काठ ओसार पसार सम्बन्धी मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अगाडी बढाइएको सेक्टर प्रमुख साहले जानकारी दिएका छन्।
सेक्टर बन कार्यालय चोंचा बाट गएको सशस्त्र गस्ती टोलीले गएराति रङपुर प्रहरी चौकी भन्दा करिब ५०० मिटर दक्षिण परसवा जाने बाटोमा ६।७१ क्युफिट अवैध सालको गोलिया काठ बोकेको अवस्थामा बिआर ०५ ए आर ०३१२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो।
पक्राउ परेका शेख अहिले डिभिजन वन कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको जनाइएको छ।
जाडो बढेसंगै हुसु लागेको अवस्थामा रौतहट स्थित राष्ट्रिय तथा सामुदायिक वनबाट तस्करहरूले अवैध रूपमा सालको काठ कटान गरी साइकल तथा मोटर साइकलमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण