विभिन्न ठाउँबाट अवैध लागू औषधसहित सात जना पक्राउ
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका–२० रमेशपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका–१४ बालमन्दिरस्थित तालावाङ्गी होटेलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्रामसहित प्युठान स्वर्गद्वारी नगरपालिका–३ बस्ने ३१ वर्षीय सन्तोष रेग्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
अछामको साँफेबगर नगरपालिका–३ टोटासालबाट अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले सोही ठाउँमा टहरा बनाई बस्ने बाजुरा बुढिनन्दा नगरपालिका–५ पाण्डुसैन घर भएकी ३३ वर्षीय पशुपति थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्रामसहित र सोही नगरपालिका–४ मष्टामाडौं बस्ने २४ वर्षीय क्षितिज बुढालाई साथमा राखेको ८ ग्राम ५ सय ९० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका–८ बरपिपल चोक बस्ने १८ वर्षीय किशोरलाई अवैध लागू औषध ब्राउन सुगर ४ सय मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरको हो ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुबन चोकस्थित नहरबाट अवैध लागू औषध गाँजा करिब ४२ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका–४ अकवा बस्ने ४० वर्षीय विनोद राम र मकवानपुर भिमफेदी गाउँपालिका–९ स्यारसे बस्ने ३४ वर्षीय सुमन बलोन रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ च १५४० नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी चालक बलोनलाई पक्राउ गरेको हो । साथै सोधपुछ गर्ने क्रममा उक्त गाँजा रामले लिन आउने भने खुल्न आएपछि रामलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण