बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
अपराध

काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार हुने गरेको खुलासा

युवा लक्षित कारोबार गर्ने व्यक्ति पक्राउ
आइतबार, २२ पुस २०८०, १३ : ५७
आइतबार, २२ पुस २०८०

काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाएर केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यक्रमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्योद्घाटन भएको हो । 
लागु औषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो । उनले अनलाइनमार्फत युवा लक्षित कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । 

ती युवकले इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाउँदै लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको जोशीले बताए । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको उनको भनाइ छ । उनको घर–कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको उनले जानकारी दिए । 

पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  

यस्तै ब्युरोले अनुसन्धानको क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनु समेत फेला पारेको छ । जसमा THE EPIPHANCY BREAD, HAPPY CUPS, BUZZ LIGHTYEAR, NASTY CANDY लगायत रहेका छन् । 

उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप