राष्ट्रिय सभा निर्वाचनमा यस्ता छन् एमालेका उम्मेदवार
काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि उमेदवारको नाम तय गरेको छ । महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा) र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) लाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उम्मेदवार रहेका छन् ।
पार्टीले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार रहेका छन् ।
कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाइएको छ । उता सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसङ्ख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण