आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनमा यस्ता छन् एमालेका उम्मेदवार

आइतबार, २२ पुस २०८०, १६ : ३५
आइतबार, २२ पुस २०८०

काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि उमेदवारको नाम तय गरेको छ । महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा) र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) लाई उम्मेदवार बनाइएको छ । 

त्यस्तै  बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उम्मेदवार रहेका छन् । 

पार्टीले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता/अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार रहेका छन् । 

कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाइएको छ । उता सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसङ्ख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् ।

410730274_400102259030939_2289711089873549851_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप