आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रका ८ संस्थाले दिए मन्त्री शर्मालाई सुझाव

आइतबार, २२ पुस २०८०, १७ : ३५
आइतबार, २२ पुस २०८०

काठमाडौँ । चलचित्र क्षेत्रका ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा विकास बोर्ड स्वायत्तता राख्नुपर्ने माग सहितको सुझाव सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बुझाएका छन् । आइतबार चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतको एक टोलीले मन्त्रालयमा भेट गर्दै सुझाव पत्र बुझाएका हुन् ।

सुझाव पत्रमा बोर्डलाई स्वायत्तताको अलवा राजनीतिक हस्तक्षेप रोक्न चलचित्र सम्बद्ध संस्थाको सिफारिसमा पदाधिकारी नियुक्ति गर्नुपर्ने र संस्थागत निर्णयलाई स्विकार्नुपर्ने, चलचित्र सेन्सर बोर्डलाई चलचित्र विकास बोर्डको मातहतमा ल्याउनुपर्ने लगायत रहेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

सुझाव ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले कलाकारका विभिन्न संंघ संस्थाको भावना बुझेर अगाडि बढ्ने बताइन् ।

कलाकारहरूको संघ–संस्थाले यस अगाडि यही सुझाव चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पनि बुझाएका थिए । सुझाव बुझाउने संस्थामा चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासङ्घ, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ र नृत्य संघ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप